Saturday, December 2, 2017

उसको र मेरो अचम्मको सम्बन्ध छ


उसको र मेरो अचम्मको सम्बन्ध छ
फेसबुकमा पोस्ट गर्नका लागी बाहेक, न नै त म उसको पूजा गर्छु, न नै त प्रार्थना ..
उ पनि मलाई न देखे जस्तो गर्छ, चिल्याक्स भएर फ्रेम मै रमाउछ
संसारमा भोकाएका, दुख पाएका कति छन् कति, 
जाडोले कठ्यान्ग्रीएका, गर्मिले पाकेका, तिर्खाएका, छटपटीएका
कति आमा रोएका छन्, अनि कति छोराछोरी
तर बाल मतलब उ एकटक छ, बित्तो न बिग्रदो
संसार भरि का नाना थरि का समाचार सुन्दा देख्दा
उस प्रति को मेरो बेवास्ता ठिकै हो जस्तो लाग्छ,
तर सानो भन्दा सानो पीडा हुँदा नि उसैको नाम लिन्छु,
शायद एक्लो हुँदा म उसै संग बोल्छु,
अनि उसैको आवाज सुटुक्क सुन्छु, आफ्नै अन्तर्मनबाट
''टेन्सन न ले यार, सब ठिक हुन्छ"
म भगवान हुन खोजेका मान्छे लाई देख्छु, गली गली घर घरमा
अनि मान्छे भैसकेका भगवानलाई फ्रेम र मुर्तिमा
तेइ नि रुने मान्छे रोइरा छन्, हास्ने मान्छे हाँस्या-हास्यै
कम्प्लिकेटेड समाजको दुर्दशा देखेर वाक्क लाग्छ
तर उ चिल्याक्स भएर फ्रेम मै रमाउछ
अनि मेरो अन्तर्मनबाट सुटुक्क भन्छ,
"साले टेन्सन न ले न यार, सब ठिक हुन्छ"
अनि म मुसुक्क हाँस्छु
उ पनि मुसुक्क मुस्काउछ साबिक कै पोजमा
न नै त मलाई भगवान बन्नु छ
न नै त उसलाई मान्छे
उसको र मेरो अचम्मको सम्बन्ध छ l

No comments:

Post a Comment

Your comments here / You may post your comment as an anonymous...