Tuesday, August 6, 2013

म ब्युझनु भन्दा ठिक अघि

म ब्युझनु भन्दा ठिक अघि
 
म ब्युझनु भन्दा ठिक अघि
उनले मलाई सोधिन
"सपना पारीको को यो अर्ध-सत्य राम्रो
कि सपना वारी को त्यो पूर्ण बास्तविकता ? "

जवाफ दिनै नपाई म ब्युझेछु,
अब खै कुन चैं लाई सपनामा भनुँ
र कुन चैं लाई विपना
दुवै संसार जिउञ्जेल उति नै वास्तविक छन्
मात्र यति हो,
 संसारका धेरै नियमहरु छन्,
र संसारमा सायद भौतिकताको मात्र जित हुन्छ,
सायद हामीलाई यो असत्य सत्य लाग्छ
तर आखिर, के नै फरक पर्छ र,
चेतनशील मनका यी प्रतिबिम्बहरु पनि
कति सत्य छन्, कसलाई नै थाहा छ र !
र खै कुन चैं लाई सपना भन्ने
र कुन चैं लाई बिपना

यति मात्र बुझ
खोलाको बिचमा, हो किनारमा हैन, मात्र हामी छौँ
मात्र "हामी"
र किनारा-बिहिन यो खोला सत्य-असत्य जे भएनी
मात्र तिमी-र-म को यो समागम सत्य छ
हो मात्र "हामी" सत्य छ
र मात्र त्यहि सत्य राम्रो छ
 
Gopal Trital
27 July'13
 

No comments:

Post a Comment

Your comments here / You may post your comment as an anonymous...