Saturday, September 8, 2012

म हिड्छु निरन्तर ....

आँखा छोपी हेरेको त्यो संसार


खोज्दै हिडिरहेको बटुवा म

पाइलै पिच्छे प्रस्न गर्छु

के यहि नै हो बाटो त्यहाँ पुग्ने



डाँडा काटी आकाशमा उड्दै

क्षितिज तिर लम्कने सुरमा

म संग गुमाउन के नै छ र बाँकि

मात्रै त्यो संसारको चाहनामा

निरन्तर हिडिरहेको बटुवा म

पाइलै पिच्छे प्रस्न गर्छु

के यहि नै हो बाटो त्यहाँ पुग्ने



अनि जति पर लम्कन्छु म

म झन् निडर हुँदैछु, र सक्छु अब

बलियो पाइला टेक्न

मैले नपाएको के नै छ र

मात्रै मेरो चाहना र अडिग अठोटमा

निरन्तर हिडिरहेको बटुवा म

पाइलै पिच्छे जवाफ भेट्छु

यहि नै हो बाटो तिम्रो, हिंड निरन्तर l



No comments:

Post a Comment

Your comments here / You may post your comment as an anonymous...