Monday, July 23, 2012

Power to you...

हामी facebook मा like, comment र share गरेर समाज परिवर्तन गर्न चाहन्छौं; हाम्रो समाज भने अन्तर्जातीय बिवाह गरेकै कारण आफ्ना छोरा-छोरिलाई देश निकाला गर्दछ; बोक्शी भन्दै जीवित देवीलाई खरानी बनाउछ; देवीको मूर्तिलाई जोगाउन भन्दै छुवाछुतको नाममा मन्दिरको ढोका बन्द गर्छ, ; आन्दोलनको नाममा आफ्नै सम्पतिको नास गर्छ  |


एघारौं शताब्दीमा बाँची रहेको यो समाजलाई हामी एक्काइसौँ शताब्दीको Facebook बाट परिवर्तित ग.र्न खोजिरहेका छौँ |

हामी एकै समयमा भिन्न भिन्न शताब्दीमा बाँचिरहेका छौँ l साझा भुमिमा पनि हामी भिन्न उचाईंमा चुलिएका छौँ |

यति भन्दै गर्दा म Facebook बाट मात्र पनि समाज परिवर्तन हुनसक्छ भन्ने मेरो बिचारमा अडिग रहन चाहन्छु |

हाम्रा देशका Facebook users हरु वास्तबमै धेरै भाग्यमानी छन्, एघारौं शताब्दीमा बाँची रहेको समाजको एक्काइसौँ शताब्दिरुपी प्रतिनिधि; तपाईहरु नेपालका धेरै धेरै धेरै मानिसहरु मध्ये धेरै नै भाग्यमानी हुनुहुन्छ |

Internet को सहि प्रयोग गर्नुहोश; बिकसित देशका सफल योजनाका बारेमा पढ़नुहोश; विज्ञानका कुराहरु हेर्नुहोश; के कतै भगवानको एक्कोहोरो पुजाले, अन्धविश्वास, हिंसा र विरोधले, अबैज्ञानिक रुढिबादी परम्पराले समाजको सहि परिवर्तन भएको उदाहरण छ ?


तपाई यो समाजको प्रतिनिधि; यी कुराहरु बुझ्नुहोश र आफैं बाट परिवर्तनको थालनी गर्नुहोश; आफ्नो घर-छिमेकमा पनि यी कुरीति होलान; तपाईको घर-आँगनको फोहोर-मैला-कुसंस्कार सफा गर्ने जिम्मेदारी तपाइले भोट दिएर पठाएको नेताको मात्रै हैन |

No comments:

Post a Comment

Your comments here / You may post your comment as an anonymous...