Saturday, April 21, 2012

मेरी आमा ।

आज मातातिर्थ औंशी, आमाको मुख हेर्ने दिन ।



आमा । यो शब्द आफैंमा कति स्वर्गीय छ, आमा मात्रै भन्दा पनि मनको सबै बह रित्तिन थाल्छ, आमा शब्दमा कति धेरै दैविकता छ, सबै दुखः भुलाई दिने, आँशु पुछिदिने, न्यानो काखमा संसार भरिको झमेलाबाट टाढा एउटा छुट्टै लोक हुन्छ ।  आमा ।


जीवन दिने आमा, अनेकौ कस्टबाट जोगाएर हुर्काउने आमा, आफु भोकै बसेर भएनी आफ्नो सन्तानको पेट भर्ने आमा, निस्वार्थ, प्रेममयी, कोमल, भावुक, शब्दनै पुग्दैन आमाको व्याख्या गर्न ।



मेरी आमा ।


मेरी आमालाई सबैले मेरो 'हजुरआमा' भन्थे l सबैको जस्तै मेरो पनि आफ्नै छुट्टै पारिवारिक कथा छ, र म त्यो कथाबाट उम्किन खोज्या पात्र हुँ । मेरो कथा समयको त्यहि भुमरीमा हराओस, यहि कामना छ ।


जन्म दिने भन्दा, जीवन दिने ठुलो हुन्छ । मेरो जीवन दिने मेरी हजुरआमा नै मेरी आमा हुनुहुन्थियो र सदा हुनुहुनेछ । आमा, मेरी प्यारी आमा ।


मातातिर्थ औंशी; मलाई अझै सम्झना छ, म सानो हुदाको सम्झना । उ बेला मेरी आमाको सबै भन्दा मन पर्ने कुरा भन्या चुरोट थियो । दिनको १ बट्टा त सक्नै पर्ने । त्यति बेला म आफैलाई पनि चुरोटले वहाँलाई नराम्रो गर्छ भन्ने थाहा थिएन । आमालाई सबै भन्दा मन पर्ने कुरो भाकोले, म पनि दिदि र काका संग पैसा मागेर भएनी, मातातिर्थऔंशी आउनु २-३ दिन अगावै १ बट्टा चुरोट को जोहो गर्थियें । अनि मातातिर्थ औंशीको दिनमा, दिदि काका सबैले मिष्ठान्न भोजनको व्यवस्था गरे पनि, म भने त्यो १ बट्टा चुरोटको surprise गिफ्ट लिएर आमाको गालामा मोई खान्थें । मैले त्यो १ बट्टा चुरोट दिएको देख्दा मेरी आमा कति धेरै खुसि हुनुहुन्थियो । सायद त्यो मिष्ठान्न भोजन भन्दा मेरो त्यो १ बट्टा चुरोट वहाँलाई धेरै मिठो लग्थियो, प्यारो लग्थियो । मेरी आमा ।


म school जाँदा सबै भन्दा धेरै खुशी मेरी आमाको मुहारमा झल्किन्थियो । हरेक बिहान मलाई चिटिक्क बनाइ, कपाल कोरिदिन्दै भन्नुहुन्थियो, "बाबु राम्ररी पढ ल, तैले whole first हुनु पर्छ है" । मेरी आमाको लागि whole first कुनै नोबेल prize भन्दा कम थिएन, मेरो लागि पनि उ बेलाको सबै भन्दा ठुलो लक्ष्य थियो whole first हुनु, हालाकि whole first हुनु केलाई भनिन्छ मलाई प्रस्ट रुपमा थाहा थिएन । म र मेरी आमाको लागि school भरि सबै भन्दा धेरै नम्बर ल्याउने सपना नै थियो - whole first हुनु भनेको ।


मेरी आमाले हरेक बिहानी दिने त्यो आशिषले मलाई राम्ररी पढ्नु पर्छ, नराम्रो काम गर्नु हुदैन भन्ने कुराको मार्गनिर्देशन गर्थियो । म मेरी आमा को त्यो सपना पुरा गर्न धेरै मेहिनतले पढ़थियें । म Class 6 सम्म हरेक class मा first हुँदा मेरी आमा संसार को सबै भन्दा खुशी मान्छे बन्नुहुन्थियो ।

School मा पाउने सर-मिसको स्याबासी भन्दा मेरी आमा को त्यो खुशी मेरो लागि सबै भन्दा ठुलो prize हुन्थियो । अनि म हरेक बर्ष अझै धेरै मेहिनत गरेर पढ़थियें । मेरी आमा ।


एक ताका सानोम खै के भएर exam भन्दा अगाडी मलाई admit card नहुँदा सरले फिर्ता पठाउनु भयो । मेरो school घर नजिकै थियो, म आत्तिदै आमा कहाँ पुगें, अनि आमा मेरो कुरा सुन्ने बित्तिकै हस्यांग फस्यांग गर्दै school तिर दगुर्नु भयो र school ko principal लाई राम्रै संग दगर्नु भयो । अनि principal को के हिम्मत मलाई exam बाट बन्चित गर्ने l मैले exam दिएँ अनि फेरी प्रथम भएँ, मेरी आमा धेरै खुसि हुनु भयो ।




 समय बित्दै गए, आमाको त्यो चुरोट खाने बानि पनि छुट्यो । मातातिर्थ औंशीमा दिने उपहारपनि क्रमसै बदलिदै गयो । १ बट्टा चुरोट उपहार दिने त्यो क्रम बिस्तारै diebetes को ट्याब्लेट हुँदै Insulin सम्म पुग्यो । जीवनको कति हर्ष, रोदन, उकाली, ओराली भरि सधै एउटा हात शिरमै हुन्थियो। अरुहरुलाई दुखः पोख्न शब्दको आवस्यकता पर्थियो, आमाले त केहि नभनिकनै हृदयको स्पन्दन बुझ्नुहुन्थियो; आँखा हेर्दा मात्रै पनि नया जीवनको अनुभूति हुन्थियो । मेरी आमा ।


कुनै बेला मेरी आमा blood pressure ले बेहोश हुँदा, म पूजा कोठामा गएर भगवानलाई प्रार्थना गरिरहंथियें, अरुहरु ले यो कुरा बुझ्दैन थिए । रुघा लाघ्दा मेरी आमा हरेक चोटी ३ दिनसम्म सिकिस्तै जोरो आएर ओछ्यानमा लड्नुहुन्थियो, म भने छेवैमा उदाश मुहारलिएर बस्थियें, प्रार्थना गर्दै, भित्रभित्रै रुन्थियें, आमालाई केहि भैहाल्छ कि भन्ने मलाई धेरै डर हुन्थियो । मेरी आमा ।



टोल भरिका मान्छे डराउने हक्की स्वभाबकी मेरी आमाको रुप diebetes ले क्रमस वहालाई कम्जोर बनाउदै लग्यो । मैले bank मा जागिर पाउंदा मेरी आमा संसारको सबै भन्दा गर्वान्वित र खुशी मान्छे हुनुहुन्थियो । सायद हाँस्यास्पद लाग्न सक्छ, मैले मेरो पहिलो salary ले आमालाई १ महिना पुग्ने झोला भरि को ५-६ थरि Diebetes को औषधि ल्याइदिएको थिएँ । त्यो औषधि कति दिन त हरेक पाहुना, भेला र छिमेकमा पुग्थियो, "हेर मलाई मेरो गोपालले ल्याइदिएको औषधि" भन्दै खुशी ले गदगद मेरी आमा त्यो औषधि कति दिन सम्म राख्नु हुन्थियो, नाखाइकन ।


मायाले मात्रै पनि सबै रोगहरु निको हुने भए सायद मेरी आमा निकी हुनुहुन्थियो होला तर Diebetes ले मायाको भाषा बुझ्दैन रहेछ । आमा क्रमश कम्जोर हुनाथाल्नु भयो । औषधिको मात्रा बढ्दै गयो, अनेक थरि औषधि हुँदै Insulin सम्मको त्यो यात्रा, कति कस्टकरथियो मेरी आमाका लागि ।


नारी विकाशको ससक्त कार्यकर्ता, हक्की स्वभाब, निडर, सबै जना बोल्न सम्म पनि डराउने र नेता जस्तै मेरी आमालाई Diebetes को complications ले जीवनको अन्तिम वर्षमा बालक झैँ बनायो । म हरेक रात रुन्थें, प्रार्थना गर्थें र आमालाई त्यो हालतमा देख्दा म मर्माहित हुन्थियें; लग्थियो म कति असक्त र शक्तिहिन छु आफ्नै आमाको लागि नि केहि गर्न सकिन । तर म doctor थिइन, Diebetes लाई हराउन सक्ने म संग केहि हतियार थिएन, तर त्यहि Diebetes ले क्रमस मेरी आमालाई म संग टाढा पार्दैथियो ।


बालक झैँ व्यवहार गर्ने वहाको त्यो समयमा पनि मेरी आमाले मलाई धेरै माया गर्नु हुन्थियो । म हरेक दिन Bank बाट थकित घर फर्किंदा, मेरी आमाले "बाबु आइस" भन्दा सबै थकान दुर हुन्थियो ।
मेरी आमाको कोमल र निर्दोष आँखामा म कहिँ पनि नपाउने माया र आशिस पाउथियें । म प्रार्थना भन्दा धेरै केहि गर्न सक्दिन थिएँ । अहिले जस्तो म संग अलि अलि पैसा पनि हुदैन थियो उहाको ठुलो उपचार गर्न । दिदिले आमाको हरेक उपचार गर्नु भयो, तर पनि diebetes कम्जोर भएन, उल्टै आमा झन् झन् थला पर्नु भयो ।


गोपाल, "म मर्ने बेलामा तँलाई यहि नाउ ले बोलाउछु, अनि स्वर्ग जान पाउँला भनेर मैले तेरो नाउ गोपाल राखेको" ...मलाई मेरी आमाले सानो हुँदा भन्नुभाथियो ।


आमा सिकिस्तै बिरामी हुनुभयो, ICU म बेहोश मेरी आमा चाडै निको हुनुहोश भनेर म रुँदै रुँदै नजिकैको रामजानकी मन्दिर मा प्रार्थना गर्न गएँ । कहिँ कतै बाट जवाफ आएन, प्रार्थना सुनिदिने पनि कोहि थिएन, भगवान पनि आमा जस्तो कहाँ हुनेरहेछन र । भगवान भनिने त्यो मूर्तिले पनि पाप, कर्म खै के के हो के के को विश्लेषण गरेपछि मात्रै प्रार्थना सुन्छन् रे, मेरी आमा त मेरो सबै कुरा बुझ्नु हुन्थियो । मैले जे जस्तो काम गरेपनि वहाको माया कहिले कम हुदैन थियो, वहांको आशिस सँधै म संग हुन्थियो । तर भगवान आमा जस्तो कहाँ हुन्छन् र । भगवान त ब्यापारी हुन्, पाप, कर्म र पुजाको हिसाब किताब राख्ने ब्यापारी ।



निको हुने कुनै आशा नदेखेर अस्पतालले आमालाई घरैमा लग्न सल्लाह दियो । बेहोश मेरी आमालाई घरमै लग्यौं l आमालाई निकोहुन जे जस्तो गर्न पनि तयार हामी, अन्तिम आशा, दशदान गरेपछि पो सन्चो हुनुहुन्छ कि भनेर काका र म समान किन्न बजार गयौं ।



आमा । आउदा आउदै बाटैमा आमा स्वर्गबाश भएको थाहा पाएँ । बिश्वास गरिन । मलाई गोपाल भनेर बोलाउनु भाकै छैन कहाँ जानुहुन्छ र । मेरो अन्तिम आश, आमाको त्यो निर्जीव शरीरलाई सुम्सुमौदा पनि मेरो आशा जिवितै थियो । म रुन सकिन । मेरा वरिपरी सबै जना डाँको छोडेर रोइ-कराईरहेका थिए, तर म रुन सकिन । मलाई त अझै बिश्वास नै भाको थिएन । वास्तिबिकताले विस्तारै बोध गराउदै लग्यो तर पनि म रुन सकिन । धेरै बेर सम्म आमा को हत्केला सुम्सुमाई बसें । "आमा, उठ्नुहोश न" भन्न मनलाग्यो तर बोलि फुटेन । आमाको हत्केला नै सुम्सुमाई बसें । त्यहि औंला समाएर हिड्न सिकेकोथियें, त्यहि औंला आज निर्जीव झैं भएको थियो । आमाको मुहार उस्तै थियो, उठिहाल्नुहुन्छ कि झैँ लग्थियो । सपना भएपनि हुन्थियो यो भनेर पनि सोचें तर वास्तविक जीवन नै रहेछ । मेरी आमा बिउझनु भएन । मैले उठाउन सकिन । म रुन सकिन ।



विस्तारै दिनढल्दै गयो । आमालाई लिएर हामी घाट तिर लाग्यौं । अलि अलि झिनो आश, "गोपाल भनेर बोलाउछु है" भन्ने मेरी आमाको त्यो शब्द; म प्रार्थना गरिरहें भगवान संग मनमनै । आमाको त्यो ओछ्यानको एकभाग बोकी हिडिरहेको थिएँ त्यहि जुलुस संगै । कहाँ जना लागेको होला, मेरी आमा फर्केर फेरी आउने आशा क्रमश निराशामा परिणत हुँदै थियो ।



उता सुर्यास्त भयो, यता मेरी आमाको त्यो चिता बाट आगोको झिल्काहरु आकास छुन खोजिरहेका थिए । यस्तो लाग्छ कि मानौं मेरी आमा त्यहि झिल्को संगै आकससागर तिर लम्कदै हुनुहुन्थियो, मलाई छाडेर । मैले आमालाई बचाउन सकिन, उठाउन सकिन, रुन पनि सकिन ।



मेरो शिरमा वहाँको हात थिएन; जीवनको exam बाट कसैले बाहिर निकालिदिएमा दगुर्दै दुखः पोख्ने आमा रहनुभएन; अनि मेरो समस्या सुनिदिने, बुझिदिने र आशिस दिने आमा लाई छाडेर म त्यहि जुलुस संगै रित्तो फर्किएँ ।



आमा बिनाको यो जीवन, सार्हैनै एक्लो हुँदो रहेछ । साथी, आफन्त र वरिपरीका मान्छे रुप बदलि रहन्छन; उनीहरुका लागि मलाई बुझ्न धेरै गार्हो छ । आजकल जब म थकित भएर कोठा फर्कन्छु, म अरु कसैलाई हैन, केहि हैन, मेरो आमालाई मात्रै miss गर्छु । हरेक रात सपनीमा आमा आउनुहुन्छ; सपनी कति रमाइलो लाग्छ, तर उठ्दा आमाको त्यो दृश्यदेख्ने आँखामा आँशुमात्रै रहेको हुन्छ ।



त्यो दिन त म रुन सकेको थियिना, शायद त्यो दिन रोएको भए वहालाई भुल्न अलि सजिलो हुन्थियो होला तर त्यो दिनको भित्रि रोदनको आँशु हरेकदिन मेरो आँखामा बतासिंछ ।



आज मातातिर्थ औंशी, म संग त मेरी आमा हृदयमा नै हुनुहुन्छ; तर पनि अरु छोराछोरीले जस्तै समाउने मेरी आमाको औंला छैन, मेरो आँखाहेरेरै सबै दुखः हर्ने त्यो आँखा छैन । कहिले कहीं मलाई रिश उठ्छ मलाई छोडेर चाडै गएकोमा, कहिले कहीं संसारका स्वार्थी मान्छे हरुको व्यवहार देख्दा आमालाई बोलाउन मनलाग्छ तर हृदयमा बसेकी मेरी आमा मौन नै रहनुहुन्छ । म संग केहि छैन आज मेरी आमालाई दिन सक्ने उपहार । केहि बाँकि रहेन सम्झना बाहेक ।



हृदयमा बसेकी मेरी आमा बाहेक मेरा अरु कोइ आमा छैनन्, म आमालाइ जत्तिकै अरुलाई माया गर्न सक्दिन, तेसैले आजको दिन म अरु कसैलाई पनि आमाको रुपमा माया गर्न सक्दिन ।मेरी आमा, मेरो एकमात्रै आमा, अरु कोइ आमा हुन सक्दैन, मेरी आमा ।



आमा भनि बोलाउछु

शुन्यता मात्रै बाँकि रहन्छ

आँशु पुछ्ने हत्केलाका

औंला समाई दगुर्न खोज्छु


आजपनि आश लागिरहन्छ

आमा फेरी आउनेछिन कि भनि

यो कठोर वास्तविकतालाई पनि


अलमलाईरहन्छु

आमा भनि बोलाइरहन्छु , आमा ।