Friday, April 13, 2018

तिम्रो र मेरो कथाको एउटा सानो अंश

सायद संसारमा तिमी नभएको भए, अहिलेको यो मेरो समय उजाड हुनेथियो होला,
वा सायद जे हुनेथियो त्यो त अवस्य नै हुनेथियो,
खुशी, दुख वा यी दुवै ध्रुवीय भावधाराको मिश्रित अवस्था,
आखिर जे जस्तो जे जति भएनी मान्छेलाई पुग्ने नै कहाँ थियो र !

तर वर्तमानमा तिम्रो आँखामा डुबुल्की मार्दै गरेका मेरा कलिला सपना,
अनि, तिम्रो हृदयको न्यानो आत्मियता,
म खुशी छु,
सायद मेरो जीवनकै सर्वोच्च खुशीको शिखर यो क्षण,
मैले सबैथोक पाइसकें झैं लाग्छ,
मैले थेग्न सक्ने भन्दा बढ्ता

कस्तो अचम्म,
संसारमा अरबौं मान्छे छन्, अनि अरबौं आँखाका अरबौं सपना
तर मात्र तिम्रो आँखाले मेरो यथार्थ बुझेको छ,
तेसैले होला, आजकल म एक्लो छैन, न नै त निराश
यो वर्तमान त्यसैले पनि त प्रिय छ,
'के सोचिरा' तिमी भन्छौ,
'छैन, केहि नि' म भन्छु'
तर पनि तिमी सब बुझ्छौ,

सायद, प्रेमलाई प्राप्ति संग नतौलिने,
कृष्ण र राधाको प्राप्ति-बिहिन आत्मिय जीवनको,
म कृष्ण त हैन, न नै त तिमी राधा,
तर मेरा हरेक अव्यक्त भाव बुझ्ने,
अनि मेरा झर्दै-सुकेका आँशुमा जीवन रस घोलिदिने,
तिमी मेरो सबै भन्दा प्यारो सहयात्री,
अनि, म एउटा सारथी, मात्र मेरो जिवन को l
अनि यो वर्तमान,
तिम्रो र मेरो कथाको एउटा सानो अंश,
अनि क्रमस टाढिदै गरको हाम्रो गन्तब्यको
एउटा साझा बिन्दु 

No comments:

Post a Comment

Your comments here / You may post your comment as an anonymous...