Saturday, December 14, 2013

मेरो कथा |

मेरो कथा |


मेरो कथा त म आँखा चिम्म गरेपछिको संसारमा सुरु हुन्छ | सपनी को संसारमा |


सपनीको त्यो तोरीबारी जहाँ पहेंलो गैलंचा माथि र निलो आकाश मुनि म एउटा चिटिक्कको घर बनाउने कोशिस गर्दै छु |


म वरीपरि हेर्छु, 'आहा! कस्तो राम्रो दृश्य | ' बाटो पारिबाट एउटा छाँया उदाउँदै म भएतिर नै लम्कदै छ | जति जति त्यो छाँया म नजिक आउँदै छ, उति उति म भित्र नयाँ उत्साह, उमङ्ग अनि अनौठो खुशीको चलखेल सुरु हुँदैछ | उनको मुहारको त्यो दिव्य हाँसो, अनि जीवनलाई नै रनभुल्लमा पार्न सक्ने उसको त्यो खै कस्तो जादु, त्यो भरोशा अनि त्यो अनुपम स्वन्दर्यता, जुन स्वन्दर्यताको म शब्दमा वर्णन नै गर्न सक्दिन, त्यहि आकृति जसको मिठो बोलिले मेरो सपनी मा आएर सायद मलाई जीवन दर्शनको पाठ नित्य सिकाउँछ, अनि भन्छ, "खुशी हुन सिक " | चलचित्रमा देखाएझैं म आफ्नो हात फिजाऊँछु, सायद उसलाई अंगाल्न, अनि भन्न "म खुशी छु, धेरै खुशी " |  सायद उनि पनि दगुरेझैं लाग्छ, उनको गतिशील प्रतिविम्वले नयाँ संसार बुनेर म तर्फ हेरें झैं, म उनलाई एकटक हेरिरहन्छु |  उनि सुन्दर छिन् कि यो तोरीबारी, अहँ, म भन्न सक्दिन |  यो  सपना हो कि विपना ,म यो नि भन्न सक्दिन | के यो सम्भव छ र ? 

एक्कासी उनको पाइला रोकिन्छ | लाग्छ उनि चलायमान रहेको त्यो नदी एकाएक जमेको छ | उनको परेली मात्र पनि चलेको देख्दिन म |  


मुर्ति झैं उभिएको उनको प्रतिविम्व हाँसो बिना चुपचाप छ, अनि कति भिन्न भाव मुहारमा, सायद यो उनको मनको अवाज होला, "सपनीमा धेरै न मात्तेउ, आफुलाई सम्हाल्न सिक, धेरै न उड, आखिर जमिन मा टेक्नै पर्छ | " अनि मेरो मनले सुटुक्क जवाफ दिन्छ, "केहि बेर त हो नि सपनी मै उड्ने, अनि सपनी मै नयाँ सपना देख्ने, सायद जमिनले हार मानि हाल्ला कि  "| त्यसपछि, उनको मनको आवाज़ खै किन म सुन्न सक्दिन, अनि मेरो मन आफैं सँग बोल्न थाल्छ, "विस्तारै विस्तारै म ब्युँझनेछु, अवस्य |  विस्तारै | "

उनि रोकिन्नन अब, तर उनको र मेरो विचको दुरी घट्दैन, बरु झन् झन् बढ्दै जान्छ, सायद उनि पछाडी फर्किएकी छिन्, कि सायद म टाढा, थहाछैन |


अनि एक्कासी म ब्युँझंछु, "धन्न, ओहो ! कस्तो सपना |" केहि बेर चुक अन्धकारमा टोलाएपछि, फेरि त्यो तोरीबारीको माया लागेर आउँछ, अनि आँखा चिम्म गर्छु फेरि त्यहीं पुग्न | पहेंलो गलैंचा झैं लाग्ने तोरीबारीमा त म फेरि पुग्छु, अनि त्यहि बनिरहेको चिटिक्कको घर छेउ पनि, तर उनि कतै छैनन् | अनि बल्ल पो थहा पाउँछु, उनि विनाको तोरीबारी कति उजाडलाग्दो र नरमाइलो अनि स्वन्दर्यहिन |


सायद, फेरि ब्युँझेकै राम्रो |


Gopal Trital
14 Dec'13

Tuesday, August 6, 2013

म ब्युझनु भन्दा ठिक अघि

म ब्युझनु भन्दा ठिक अघि
 
म ब्युझनु भन्दा ठिक अघि
उनले मलाई सोधिन
"सपना पारीको को यो अर्ध-सत्य राम्रो
कि सपना वारी को त्यो पूर्ण बास्तविकता ? "

जवाफ दिनै नपाई म ब्युझेछु,
अब खै कुन चैं लाई सपनामा भनुँ
र कुन चैं लाई विपना
दुवै संसार जिउञ्जेल उति नै वास्तविक छन्
मात्र यति हो,
 संसारका धेरै नियमहरु छन्,
र संसारमा सायद भौतिकताको मात्र जित हुन्छ,
सायद हामीलाई यो असत्य सत्य लाग्छ
तर आखिर, के नै फरक पर्छ र,
चेतनशील मनका यी प्रतिबिम्बहरु पनि
कति सत्य छन्, कसलाई नै थाहा छ र !
र खै कुन चैं लाई सपना भन्ने
र कुन चैं लाई बिपना

यति मात्र बुझ
खोलाको बिचमा, हो किनारमा हैन, मात्र हामी छौँ
मात्र "हामी"
र किनारा-बिहिन यो खोला सत्य-असत्य जे भएनी
मात्र तिमी-र-म को यो समागम सत्य छ
हो मात्र "हामी" सत्य छ
र मात्र त्यहि सत्य राम्रो छ
 
Gopal Trital
27 July'13
 

Monday, August 5, 2013

रुझेकी चरी ..

सायद ज्वरोको सुरमा होला, आज निकै अबेर सम्म सुतिएछ, र जब आँखा खुल्यो आकाश अझै रोइरहेको रहेछ | आज फेरि के पीर परेछ कुन्नि आकाशलाई | विचरा आकाश आफ्नो दुखः भुल्न टोल टोलमा लर्बरिन्दै हिंडेका जंड्याहा जस्तो मात्तिन पनि त सक्दैन, जाओस त कहाँ जाओस |
 
उठ्न मन लागेन | निधार छामे ज्वरो हटिसकेछ, तर जिउ आलस्य नै थियो, त्यसमाथि अझै सुतौं सुतौं लाग्ने मौसम l झ्यालको पर्दा उघारें, अनि मेरो छेउमै टोलाइरहेको मेरो प्रिय cam लाई नियालें | यत्तिकैमा मेरो आँखा पल्लो घरको झ्याल तिर गयो |



आज पल्लो घरकी चरी एक्लै परिछिन, पानीमा निथ्रुक्कै भिजेकी अनि अहिले ओत लागेकी | उसमा र म मा करिब १० मिटरको दुरी थियो तर म उसको मर्म यहीं मेरो भित्रि मनमा महसुस गर्न सक्थें | आज घर बाहिर पानि छेल्न चुपचाप बसेकी त्यो चरी सायद पानीमा भन्दा आँशुमा धेरै भिजेकी थिई, हरेक दिनको कलहलाई आज बिहानी पखको झरीले नसुनिने तुल्याइदिएको थियो, सायद त्यसैले होला म अबेर सम्म सुत्न सकेको, नत्र घाम झुल्किन साथ उनको चित्कारले मलाई ब्यूँझाउने गर्थ्यो |





अकस्मात चरी र मेरो आँखा जुध्यो, उसले मलाई केहि भन्न खोजे जस्तो, अनि म त्यसै टोलाए जस्तो, हाम्रा आँखा एक आपसमा अल्झिए | ति चरी र म एक आपसको बास्तबिकताबाट पूर्णत अपरिचित तर उसले केहि भने जस्तो लाग्यो "तिमि कति भाग्यमानी, तिमिले त यो पानीमा भिज्नुपर्या पनी छैन, अनि ओत लाग्ने आफ्नै कोठा, न्यानो ओछ्यान अनि कसै संग निर्भर नभईरहनुपर्ने कस्तो आनन्दको जीवन | "




हो उसको मन को त्यो भाव, उसको आँखा बाट देखिएको त्यो संसारमा यसो हेर्दा, म चैं चरा अनि उनि चैं पिंजडामा कैद निर्जीव शालिक देखिनु स्वाभाविक हो र त्यत्तिनै स्वाभाविक हो मेरो आँखाले देखाउने यो संसार त्यो संसार जस्तै नहुनु  | तर आज उसको रुझेको आँखामा सायद मेरो आफ्नै बास्तबिकता पनी लुकेको छ, सायद उसको आँखा रुझेकै छैन, मेरो आँखा पो रुझ्या हो कि ?

 

 
बिहानीको चिया ओछ्यान मै आइपुग्यो, पानि अझ बेस्सरी दन्किन थाल्यो, तर उसलाई देखिन...सायद उडिसकिछे | "जान्छु पनि भनिन, कति निस्ठुरी रैछ" म मनमनै बर्बराउन थालें l तर मलाई आश्चर्य चैं भएन |बानि परिसकेको छ, उनि भन्दा पनी धेरै नजिक भएकी अर्की चरी अस्ति त्यसै गरि टाढा भैसकेकीछिन्, त्यसैले यो कुनै नौलो कुरा भने हैन |  तर, यस्तो ठुलो झरीमा कता गईन् होली ?

एक छिन् पछि उसको चित्कार सुनिन्छ "म उड्न चाहन्छु मात्र उड्न "


 

 

 

 

 

 
 

Sunday, August 4, 2013

"You are not alone, My Son"


03 August '13

Malekhu

On my way to Manakamana; somewhere at Malekhu, our bus stopped for a small break. While almost all my fellow passengers were busy ordering food for themselves, my eyes were searching for something that I always search for when I hold my cam - human emotions.

And, there was this family, of strangers, playing with their cute little child. So, I got that thing, something that my cam wants to click.... something that my lens is quite accustomed to, to translate human emotions into pictures.

Father - Child relationship.

Oh, father-child relationship is something that can't be described in words, and how special is that feeling of being cared by a father, that secured feeling of holding his guiding fngers, that unconditional bond, and that precious pat on your shoulder and his divine voice "You are not alone, My Son. "

It's unfortunate though, that my own relationship with my father was soured by the passage of time, and now, only a fringe glimpses of long-lost past memories do visit me sometimes, which I quickly choose to hide deep inside a treasure box held safely in an unexplored layers of my heart.

Now, I can't change my past; I no longer wish to judge who was wrong and why he chose to change his direction into an anonymous land of uncertainty where I could never step in, and why he could never step back.

Now, all I can do is try and be a good man, be someone who can then be a good father, and someone who would not choose to step into an anonymous land of uncertainty leaving behind his little child in hopes and tears.

Yes, someday, I WILL be a good father, to share a life-long bond of father-child and I promise I would never be away from my child, which would probably then help me recover from my past - something that still haunts me at times, that I still wish to have him beside me to give a soft pat on my shoulder - "You are not Alone, my Son".

 





Wednesday, July 31, 2013

A Part of me....


Video Post....

Poem: A part of me...

And as I walk into the light,
Darkness follows quietly behind.
...
A part of me, wants to move ahead
A part of me, then, warns n rests
A part of me, denies, revolts and jumps
A part of me, then, wants to escape and run

And, then, I choose to close my eyes,
And, see your face with a bright smile
And, as if I'm pulled out of here,
I find myself more alive.

I wish, I cud remain closed and blind
And, ignore the facts of cruel life
A part of me, then, wants to believe
A part of me, then warns and leaps
A part of me, then, loves to dream
A part of me, then, silently weeps.

And, then, I choose to close my eyes,
And, see your face with that bright smile
But, I know this light, is soon to fade
And, so would I

Saturday, January 26, 2013

अन्धभक्त शालिक र बिचरो दैव

आकाश तिर एक्कोहोरिएको नजर

अनिश्चित अँध्यारोमा टोलाउँदै फेरी

सायद उज्यालो संगै

त्यो दैब हरायो कि भनि

धेरै बेर टोलाई आफ्नै सुरमा;

बिन्ति हो कि आशामा

टील पील टील पील ताराहरु,

ऊ जस्तै अनिश्चित भुमरीमा

न त हिड्न नै सक्ने,

न नै त भाग्ने

टाँसिएका, फुटेका,

यत्र-तत्र छरिएका,

जीवन सहितको निर्जीव

यही शालिक झैं





चौडा सडक,

अनगिन्ति पाइला

अनि सपनै सपनाको लहर

त्यहि मानब-सागरको बिच्चमा

शालिक टक्क अडिएको छ

अटल, केही बोल्ने इच्छा

तर सामर्थहीन

संसार हिडिरहेको छ,

दिन र रातको तालमेल मिलाउदै

तर ऊ त्यही कोलाहलमा,

बर्षौं देखि बाँचेकैछ

हलचल बिनाको जीवन,

उदाउँदो सुर्य संगै बिउझंदै

जून सँग झस्कंदै, आत्तिदै,

अनि रातभर शीतमा लतपत

मानौं शालिक रोइरहेकोछ,

तर भक्कानो फुटाउन असफल

ऊ अझै मग्न छ

प्रार्थनामा,



हो उसलाई शालिक भईरहने केहि रहर छैन

निस्सासिएकोछ

चिच्च्याउन चाहन्छ,

छटपटीएको उकुसमुकुस,

ज्वालामुखी फुटे झैं

रुन, हाँस्न, हो दगुर्न पनि,

अनि दङ्ग पर्दै बोल्ने रहर

उसका पनि त भावना छन्,

बेदना अनि पिडा,

पिंजडामा कुण्ठित मुटु मै पनि

यही सपनाले त उभिएकै छ,

भासिएकै धर्तीमा क्रमस टुक्रदै

उफ़्रन कहाँ सक्छ र,

मात्र आफ्नो विवसताको पानै-पाना

प्रार्थना कोरी

त्यही निभ्दै बल्दै, लुकामारी खेल्ने,

टील पील टील पील तारा झैं

अझै अडिग, नदेखिने दैवको आशमा,

तर दैव सँधै निष्ठुरी



मान्छेहरु शालिक झैं,

शालिकलाई नियाल्न खोज्छन

तस्विर खिचाउँदै, रमाउँदै,

अनि केहि पछि छुट्टीन्दै

मान्छेका निर्जिव आँखा,

स्वार्थ नै स्वार्थ मा डुबेका

बुझ्न असमर्थ

शालिकका भावनाका लहर



शालिक दिक्क छ,

किन फुट्दैन उसको स्वर,

मान्छे देखि वाक्क

ऊ त आखिर शालिक न हो,

ढुंगै ढुंगाको,

बाँधिएको मुख र ओठ

तर अचम्म,

मान्छेका ओठ पनि साँघुरिदैछन्,

निर्जिव उसका स्वर



मान्छेहरु पनि बिस्तारै शालिक हुँदै छन्,

शालिक भने अनविज्ञ छ

धेरै थरि मान्छे,

अर्कै थोरै किसिमका मान्छेका कटपुतली बनि,

त्यही धागोमा नाच्दै

चावी भरेर छोडेको खेलौना जस्तै,

नाच्छ जब सम्म त्यो शोषक चाहन्छ

पैसा नै खान्छ,

पै'सै देख्छ,

अनि पै'सैकै वारीपरि नाच्छ,

कालो मुस्लो धुँवा, धुलै धुलो अस्तव्यस्त,

दुर्गन्ध अनि पानि विनाका बगर,

दैव ताली पिट्छ

पाप र धर्मको हिसाब मिलानमा व्यस्त

अनि बेअसर, मस्त छ

आफ्नै मन्दिर, मस्जिद र चर्चमा



हो दैव पनि बाँच्न सकेनछ,

झोक्र्याएर,

रनभुल्लित,

अनि निर्जीव झैँ

अँध्यारो कालकोठरीमा कैद,

अब त मन्दिर पनि फुट्दैछ

अनि मस्जिद पनि

चर्च डलरको भाउ बिकेछ

अनि साधु लुटेराको भेषमा लुट्दैछ

अर्कै थरिका ती मान्छे कै पिंजडामा,

दैव आफैं निस्सासिएको छ

पागल झैं हिसाब गर्छ,

दङ्ग पर्छ र

झसङ्ग झस्किन्छ



दैव बिचरो शक्तिहीन,

मान्छेका स्वार्थका अगाडी

शालिक बनी;

आकाश तिर एक्कोहोरिएको नजर

अनिश्चित अँध्यारोमा टोलाउँदै फेरी

टील पील टील पील ताराहरुजस्तै

अनिश्चित भुमरीमा

न त हिड्न नै सक्ने,

न नै त भाग्ने

टाँसिएका, फुटेका,

यत्र-तत्र छरिएका,

जीवन सहितको निर्जीव

यही शालिक झैं

दैव रुन खोज्छ,

मान्छे रोकिंदैन,

ऊ नाचेकै छ अझै पनि

चावी भरेर छोडेको खेलौना जस्तै

ती अर्कै थरीका मान्छेका ताल मा



शालिक भने अझै अनविज्ञ छ,

बिचरो दैव को नै आशामा

प्रार्थनामा मग्न

आफ्नै सुरको विन्ती,

अन्धभक्ति मा

त्यही दैव लाई पर्खदै

निस्सासिन्दै

आत्तिदै

अनि रुझ्दै



देव भने मृत्युसय्यामा

लडेको छ,

रोईरहेको छ,

पश्चतापमा,

मान्छे किन बनाएँछु भनि
 
 

Tuesday, December 25, 2012

Year 2012 in Review: February '12

My life is not about "I miss you"... My life is about "I'm free, thank you" (31 Jan'12)

_________________________________________






So it was a wild night yesterday...err. i mean a night in the wild...surrounded by tiger, rhinoes, fox, n every wild animal you can imagine.... and we were enjoying the bonfire using every piece of stuffs we could burn...Thank you Chetna Bhandari di for such a treat :) and thank you Yogisha Bhandari for visiting us, though on phone... :) (03 Feb'12)

_________________________________________





It's been a month without Television. Din't know Television was such a waste of time, or is it? Well, this is how I console myself.. I miss 'Man Vs Wild', 'I shouldn't be Alive', and many other shows... I'm missing those 5.1 surround woofers banging the music hard in my room... In this new city, however, 've found Radio programs quite interesting, and my poor mobile tries its best to create the woofer effect... I miss the luxeries of being at the hometown... now I'm enjoying the luxury of being a tourist; a working tourist in fact! (04 Feb'12)


_________________________________________


I love to be criticized but I hate to be faked! (10 Feb'12)


_________________________________________

उमेर, पद, योग्यता, धन र भाषा मात्र एक असल गुरुको परिभाषा हैन ll

एक गरिब रिक्सावालाले पनि सायद मलाई कसैले दिन नसक्ने ज्ञान दिन सक्छ.. हाम्रा वरिपरी सायद धेरै असल र महान मानवहरु हुन सक्छन तर हामी उनीहरुलाई मानवका रुपमा नभई उनीहरुको उमेर, पद, योग्यता, धन, परिवार र नागरिकताका आधार मा चिन्न खोज्छौं र त्यसैकै आधारमा मात्र उनीहरुको बिचारलाई उपयुक्त वा अनुपयुक्त ठान्दछौं l    (12 Feb'12




_________________________________________



Happy Valentines' day for those celebrating.... but I still don't know why the heck do they say Valentines' day; his day?; and who the heck is this Valentine... Sorry, love birds, I have some other priorities than to google search about 'it'....

Happy 14th February for those who are not celebrating.... we still believe in love, we celebrate every 365 days of our years in love... (Valentines' day; 14 Feb'12)



_________________________________________


When roads seem ending; and the walking never dies,

A new path awaits to get discovered; with dreams, hopes and love. (15 Feb)


_________________________________________


I wish I were an Eagle; I could fly high in the sky;

I feel there would have been few obstacles to restrain the flight if I were flying rather than walking...

Destinations; keep pulling me hard; harder than the gravity... (19 Feb'12)