मेरो कथा |
मेरो कथा त म आँखा चिम्म गरेपछिको संसारमा सुरु हुन्छ | सपनी को संसारमा |
सपनीको त्यो तोरीबारी जहाँ पहेंलो गैलंचा माथि र निलो आकाश मुनि म एउटा चिटिक्कको घर बनाउने कोशिस गर्दै छु |
म वरीपरि हेर्छु, 'आहा! कस्तो राम्रो दृश्य | ' बाटो पारिबाट एउटा छाँया उदाउँदै म भएतिर नै लम्कदै छ | जति जति त्यो छाँया म नजिक आउँदै छ, उति उति म भित्र नयाँ उत्साह, उमङ्ग अनि अनौठो खुशीको चलखेल सुरु हुँदैछ | उनको मुहारको त्यो दिव्य हाँसो, अनि जीवनलाई नै रनभुल्लमा पार्न सक्ने उसको त्यो खै कस्तो जादु, त्यो भरोशा अनि त्यो अनुपम स्वन्दर्यता, जुन स्वन्दर्यताको म शब्दमा वर्णन नै गर्न सक्दिन, त्यहि आकृति जसको मिठो बोलिले मेरो सपनी मा आएर सायद मलाई जीवन दर्शनको पाठ नित्य सिकाउँछ, अनि भन्छ, "खुशी हुन सिक " | चलचित्रमा देखाएझैं म आफ्नो हात फिजाऊँछु, सायद उसलाई अंगाल्न, अनि भन्न "म खुशी छु, धेरै खुशी " | सायद उनि पनि दगुरेझैं लाग्छ, उनको गतिशील प्रतिविम्वले नयाँ संसार बुनेर म तर्फ हेरें झैं, म उनलाई एकटक हेरिरहन्छु | उनि सुन्दर छिन् कि यो तोरीबारी, अहँ, म भन्न सक्दिन | यो सपना हो कि विपना ,म यो नि भन्न सक्दिन | के यो सम्भव छ र ?
एक्कासी उनको पाइला रोकिन्छ | लाग्छ उनि चलायमान रहेको त्यो नदी एकाएक जमेको छ | उनको परेली मात्र पनि चलेको देख्दिन म |
मुर्ति झैं उभिएको उनको प्रतिविम्व हाँसो बिना चुपचाप छ, अनि कति भिन्न भाव मुहारमा, सायद यो उनको मनको अवाज होला, "सपनीमा धेरै न मात्तेउ, आफुलाई सम्हाल्न सिक, धेरै न उड, आखिर जमिन मा टेक्नै पर्छ | " अनि मेरो मनले सुटुक्क जवाफ दिन्छ, "केहि बेर त हो नि सपनी मै उड्ने, अनि सपनी मै नयाँ सपना देख्ने, सायद जमिनले हार मानि हाल्ला कि "| त्यसपछि, उनको मनको आवाज़ खै किन म सुन्न सक्दिन, अनि मेरो मन आफैं सँग बोल्न थाल्छ, "विस्तारै विस्तारै म ब्युँझनेछु, अवस्य | विस्तारै | "
उनि रोकिन्नन अब, तर उनको र मेरो विचको दुरी घट्दैन, बरु झन् झन् बढ्दै जान्छ, सायद उनि पछाडी फर्किएकी छिन्, कि सायद म टाढा, थहाछैन |
अनि एक्कासी म ब्युँझंछु, "धन्न, ओहो ! कस्तो सपना |" केहि बेर चुक अन्धकारमा टोलाएपछि, फेरि त्यो तोरीबारीको माया लागेर आउँछ, अनि आँखा चिम्म गर्छु फेरि त्यहीं पुग्न | पहेंलो गलैंचा झैं लाग्ने तोरीबारीमा त म फेरि पुग्छु, अनि त्यहि बनिरहेको चिटिक्कको घर छेउ पनि, तर उनि कतै छैनन् | अनि बल्ल पो थहा पाउँछु, उनि विनाको तोरीबारी कति उजाडलाग्दो र नरमाइलो अनि स्वन्दर्यहिन |
सायद, फेरि ब्युँझेकै राम्रो |
Gopal Trital
14 Dec'13

No comments:
Post a Comment
Your comments here / You may post your comment as an anonymous...