परीवर्तनका_लागि_हामी_नेपाली_एक Team बाट मेरा सोचाईहरु सबै समक्ष राखिदिएकोमा म आभार व्यक्त गर्दछु . हामी अलि धेरै बोल्छौं र काम भने थोरै गर्छौं... तर जो मानिस जहाँ जे जस्तो भएपनि उसले कुनै न कुनै रुपमा आफ्नो समाज र देश प्रतिको जिम्मेवारी निर्वाह गर्ने पर्छ भन्ने मेरो सोच रहेको छ . म सायद धेरै गर्न न सकेपनि आफ्ना लेखबाट वा यात्रामा देखिएका कुराहरु सबै माझ राखेर सानै भए पनि प्रगतिशील र फरक विचारको परिवर्तन ल्याउन चाहन्छु ...सायद यसले हाम्रो समाजलाई कुनै न कुनै रुपमा सकारात्मक दिशा तर्फ डोराउला भन्ने मेरो आशा रहेको छ ...
मेरो यो सोच अपाङ्गता भएका व्यक्तिहरुलाई सहुलियत दिने कुराका बारेमा रहेको छ ... र यो सोच कुनै नौलो चै पक्कै हैन ....
देशको संबिधान वा ऐन कानुनमा जे लेखेको भएपनि पनि जब सम्म त्यसको सहि कार्वान्यन हुँदैन, अपाङ्गता भएका व्यक्तिहरुलाई सहुलियत दिने जस्ता नियम कानुनको प्रभावकारीता न्यूननै रहन्छ .
तर आखिर त्यसको प्रवाभकरिता किन न्यून भएको होला त ?
सरसर्ती हेरौं, हामी सपाङ्ग भनिने (म त अपाङ्ग लाई पनि सपाङ्ग नै भन्न रुचाऊछु ) मध्ये कति प्रतिशतलाई वास्तवमा अपाङ्गहरुलाई दिईने हक अधिकारको बारेमा थाहा छ ? अनि हाम्रा छर छिमेकमा रहेका अपाङ्गहरुलाई के हामी आफैले उचित सम्मान दिन सकेका छौँ त ? हामी संगै पढ्ने, खेल्ने अथवा हाम्रा फ्रेन्ड्स सर्कल, अफिस, आफन्तमा रहेका अपाङ्ग व्यक्ति हरुलाई हामी कस्तो नजर ले हेर्छौं ?
यहिँ नै लुकेको छ प्रवावकारितामा देखिएको कमिको सहि कारण . सरकार, गृह प्रशासन अथवा नियम कानुन बनाउनेहरुले सबै ठाउँमा त्यसको पालना भएको छ कि छैन भन्ने मुल्यांकन गर्ने जस्तो कुरामा त हाम्रो मुलुक अलि पछाडी नै छ तर त्यो भन्दा पनि महत्वपुर्ण कुरा भनेको हामी आफैले हाम्रा बिचमा रहेका अपाङ्गहरु प्रति हेर्ने दिष्ट्रीकोंड सहि बनाउनु छ ...
सरोकारवालाहरुको बाटो मात्रै नहेरी हामी जो अलि सचेत नागरिकहरु छौँ, हामीहरुको दायित्व भनेको सबैलाई यस्ता बिषयमा सचेत तुल्याउनु हो . यसको सुरुवात भनेको हामीले आफ्नै घरबाट गर्नुछ . आफ्ना छोरा छोरि, आफन्त समक्ष यस्ता विषयका बारेमा चर्चा गरौँ र सहि कुरा सिकाउँ, हाम्रो सानो प्रयासले पनि धेरै ठुलो परिवर्तन आउन सक्छ ...
देश निर्माण गर्ने काम हामी बाटै सुरु भएकै राम्रो .... कि कसो ?

No comments:
Post a Comment
Your comments here / You may post your comment as an anonymous...