Wednesday, January 18, 2012

A Day-out to MaulaKalika Mandir, Nawalparasi

Devghat seemed to have a sad note yesterday. Elderly people everywhere, in their eyes I could see not a freedom but frustrations and despair; a wait for their revival...


The story is completely different today. 'm on the way to Kalika Temple which is situated at the Hilltop, around 3kms up from the base. MaulaKalika Temple. 'm not here for a religious tour, 'm a nature lover.


'm still on the way, and so far, the major difference I've found here and in Devghat, is the presence of youth. I can see teenagers coming here in group, people celebrating, singing songs on the way; completely different from Devghat where I could see only the wrinkled faces and Kirtans of God.


More on the way.... (1200 Hrs)


I wonder why the revered Gods always preferred to remain at the Hilltop. Or is it because people have this conception that higher the altitude, more powerful is the godly power. On the way, at the base, there were two temples- Ganesh and Krishna temple, but I could hardly see people around there. Thousand gods, and millions of devotees; devoted to unknown.


The upward journey is comprised of 3.5 km of foot-steps; built perfectly of stones. The best part is, there are rest areas and drinking water facilities built at every 10 mins of distance. For a thirsty, people who arranged these drinking outlets are more than a god, even more than that superpower resting at the top. Up we go...


At Khageshwor Chautari, (2km up from the base, 1:5 down from the top). Just talked to Bishnu Chhetri, a roadside vendor here, who sells cucumber, fruits and stuffs like that. He has been selling these stuffs for more than three years now and earns a profit of more than ten thousand a month. This resting spot built some three years ago rejuvenates a wonderful energy to continue the journey upwards or down to the base. There are two small school kids, studying at third standards, in their school uniform having fun around this place. When asked if they have bunked the school, they proudly and happily replied 'yes'. I wonder what has made them to bunk their class.. Ill-tempered teachers, bad system at schools or the uncaring parents, whatever, they seem to love their freedom now, they are enjoying the bliss.


One interesting fact about the temple, I heard from Bishnu ji, is that Baba Ramdev had visited this place a year ago. He strongly raised his voice against the slaughtering of animals in the name of devotion to the goddess. Since then the temple administration has banned the practice. Even then, a group of locals here, including Bishnu ji, are against it, and they put forward their logic that the practice should be revived. To appease the protestors, the temple administration has allowed the slaughtering, but not officially by temple personnel, but locals they themselves bring necessary weapons and do it outside the temple premise. Traditional wrong beliefs, deep rooted, are very hard to demolish.


Khagendra Chautari, Bishnu ji further speaks; this place was without any facilities four years ago, but the temple administration along with volunteer support from the devotees have completely changed the look.
I thanked Baba Ramdev for his effort, the temple administration and the kind devotees who all have made this place a beautiful place to visit.


After a bite of cucumber, here we proceed up towards the unknown. (1300 Hrs)
At the Helipad (1km down the top). A local woman said it is rarely used when VIPs are invited for any important functions in the temple. From the helipad, the steps-way is divided into two sides up to the top, I guess, by a 2 meter wide plantation of flowers and rare plants. From the inscriptions, I can read that whenever a visitor arrives here, it's a tradition that they plant flowers or a rare shrub here to mark their participation in save the tree campaign. I am impressed by the cleanliness, greenery and the peace here. It is just one example of how people can play a big role in the development. All the facilities here, including the drinking water project, the helipad and this step-way have reportedly been built by the locals and devotees from the various parts of Nepal. Steps continue... (1333 Hrs)


Finally, at the top.


Probably, this is the reason, why being at the top feels so good and lonely at the same time. The pain, struggles through the way, all vanish when you reach here. Yet, the sky stills remain high.


The MaulaKalika temple looks new. At the first sight, it resembled like the temple in Manakamana. Probably, it has been built in the similar style. A wide compound, that has the temple at the centre, a tower room that highlights a big photograph of Baba Ramdev, a small cottage that reads 'pigeons available here to fly', and a small building with underground rooms, probably the quarter for priests here. The compound has enough built-in iron chairs where devotees can take rest and a cool drinking facility. The floor is clean and big trees around provide you enough of oxygen to feel alive. This temple is probably the best temple I have ever seen in terms of cleanliness.


From the top, I can see Devghat on the one side and Narayanghat-Bharatpur on the other side. The crowd looks so small from the top, so powerless and tiny that they look beautiful, yet not so important. The top fascinates.


Blogging from this compound at the moment, I feel 'm away from burdens of hectic life, but the reality is - I will have to go down some way, in any way. Life becomes easier and rewarding when we take the burdens as an opportunity; journey inspires me to get more alive with every miles I walk. Living is different from being alive.


I entered the temple, and prayed for those elderly people I saw in Devghat yesterday, for those elders in Biratnagar Old Age Home who will soon lose their place of stay if they fail to buy a new one. The one that they are staying at, costs more than 2 crore which they can never afford and for the new place, they need at least 25 to 40 lakhs, which they are looking forward from everyone in the society.


Sometime, praying becomes more important than believing or not believing in the god. Without belief, I still pray, even if there is no one to hear, it may at least awaken the human in me.


Time to make the returning steps ...(1430 Hrs)


Pictures later...


(Blog created on-the-go; typed from a mobile device, hence, apologies for a number of grammatical mistakes here).



Tuesday, January 17, 2012

देवघाट...एक प्रख्यात् डम्पिंग साईट


देवघाट आउने मेरो इच्छा अहिले देखिको हैन, म सानो हुँदा हजुरआमाबाट मैले यो ठाउँको बारेमा धेरै सुनेको थिएँ । त्यहि भएर एकचोटि यहाँ आउने इच्छा थियो । आज यहाँ आउने उपयुक्त दिन भयो, अनि म र मेरो बाईक हानिंयौं देवघाट तर्फ ।

नारायणघाटबाट देवघाट तर्फ लाग्दा हरियो नारायणी नदि देख्दा त म एकछिन् त्यसै लोभिएँ । नदि देख्दा मात्रै पनि कति शितलताको अनुभव हुन्छ । देवघाट पुग्ने वित्तिकै मेरो आँखा तल नदि किनार तिर गयो, जीवनको तितो यथार्थ तर्फ । बाईक पार्किंगमा राखेर म झुलुंगे पुलबाट नारायणी नदि तर्न थालें । झुलुंगे पुल मलाई धेरै मन पर्छ, पारि पुगुन्जेल मनमा एक किसिमको डर लागिरहन्छ । तल गहिरो खोला अनि तल कतै नअडिएको पुलमा हिंड्दा घरी घरी खसिने पो हो कि भन्ने डर लागि रहँदो रहेछ । सायद, यस्ता अनगिन्ति पुलहरु हामी हरेक दिन तरी रहेका हुन्छौ हाम्रो जीवनमां, अठोटको झुलुंगे पुल, सपनाको झुलुंगे पुल  ।

देवघाट ....

जता हेरे पनि वृद्ध–वृद्धा मात्रै देखिने । म भगवानमा खासै विश्वास नराखने मान्छे । भगवानको अस्तित्व मै प्रश्न चिन्ह लगाउने र हरेक कुरामा तर्क र कारण खोज्ने म जस्तो मान्छे पनि यहाँ अजिव किसिमको अध्यात्ममा हराउँदो रहेछ । जीवनको अन्तिम यात्रा यहिं विसाउन बसेका वृद्ध–वृद्धाहरु, वहाँहरुको भगवान प्रतिको अटुट विश्वास देख्दा म स्तब्द छु ।

जीवन भरी अनेकौं संघर्ष गरेर, आफ्ना छोरा छोरीलाई भरण पोसण गरेर, सान्सारिक जीवनमा हराएका मानिसहरु, आखिर जीवनको अन्तिम क्षणमा यसरी एक्लिएर भगवानको प्रतिक्षामा किन बसेका होलान् त ?

भगवानको सत्यता प्रति म अझै पनि विश्वस्त छैन, सायद यो मेरो नै कमजोरी हो । तर, भगवान सत्य नै भएतापनि, उनको भक्ति गर्ने समय भनेको जीवनको अन्तिम समयमा मात्रै हो भन्ने कुरा सँग म सहमत छैन । भगवान प्रतिको यो प्रगाढ आस्था जीवनको अन्तिम समयमा मात्रै किन?

भगवान प्रतिको यो आस्था र मुक्ति पाउने आसा त बहाना मात्रै हो, जीवनको सत्य सायद अर्कै छ....

म सायद भगवान भनिने अदृश्य शक्ति सँग परिचित नभएर होला, तर म संसारका जिउँदा मानवहरु सँग चैं राम्रैरुपमा परिचित छु ।

पाईलै पिच्छे मेरा दायाँ बायाँ वृद्धाआश्रमहरु फेरिंदै गए । तर दृश्य भने उस्तै नै रह्यो, वृद्ध–वृद्धाका उदासिन जीवन, या भनौं भक्तिपुर्ण जीवन ।

आखिर वृद्ध–वृद्धाहरु देवघाटमा चैं किन आएका होलान् त ? मेरो मनमा नमेटिने जिज्ञासा बस्यो । मैले यो बिषयमा वृद्ध–वृद्धाहरु सँग कुरा गर्ने निधो गरें । के वहाँहरु वास्तवमै आध्यात्मको कारणले यहाँ आउनुभएको हो त ? आध्यात्मिक जीवन त जहाँ बसेर पनि त बिताउन सकिन्छ, अनि फेरी किन देवघाट अथवा यस्तै अनगीन्ति तिर्थस्थलहरुको बास?

म फेरि पनि भन्छु,, भगवान प्रतिको यो आस्था र मुक्ति पाउने आश त बहाना मात्रै हो, जीवनको सत्य सायद अर्कै छ....

देवघाटमा प्राय तीन किसिमका वृद्ध–वृद्धाहरु बस्दा रहेछन् । १. कोहि पनि नभएका गरिबहरु २. कोहि पनि नभएका तर सम्पत्ति चैं भएका र ३. परिवारबाट नरुचाईएका वा भनौं निकाला गरिएका । यी तीनै किसिमका वृद्ध–वृद्धाहरु सँग मलाई मेरो जिज्ञासा पोख्न मन लाग्यो । आखिर जीवन भरी दुःख कष्ट झेलेर, अन्तिम समयमा चैं किन भगवान प्रतिको यो संयासी सरहको समर्पण ?


सावित्रि देवि, वर्ष ७८, स्यांग्जा 

विधवा वृद्धा, चाउरी परेको अनुहार, कमजोर शरीर र आँखा भरी निराशा । वहाँ देवघाट बसेको लगभग १० वर्ष बितिसकेछ । अनि  स्यांग्जाबाट किन देवघाट बस्न आउनुभएको नि भन्ने प्रश्नमा वहाँको जवाफ थियो, “सम्पत्ति भएर मात्रै के गर्नु बाबु, मेरा कोहि छैनन् । विधवाको जीवन सबैले तिरस्कार मात्रै गर्ने, अनि यहिं शान्ति पाएँ, यहिं नै बसें “

भगवति, वर्ष ८०, गुल्मी 

जीवनको अन्तिम समयमा पनि अझै संघर्षरत भगवति हजुरआमाको अवस्था देखेर मलाई धेरै माया लाग्यो । यो उमेरमा पनि वहाँ लठ्ठी टेकेर नारायणीको किनारमा केहि खोज्दै हुनुहुन्थ्यो ।

किन यहाँ आएर बस्नु भएको आमा ? “कहाँ जाऊँ त बाबु ?”

अनि हजुरको घर परिवार ?  “सबैले छाडेर गए ।”

विष्णु प्रसाद, वर्ष ६५, रिटायर्ड आर्मि, पर्वत 

“म विना सबैजना खुशी छन्, म पनि खुशी छु यहाँ ।” वहाँले सक्षेपमा आफ्नो जीवनी सुनाउनु भयो । छोरालाई धेरै माया गर्ने वहाँ अझै पनि परदेशबाट छोरा लिन आउला भन्ने आशामा हुनुहुँदो रहेछ ।


बाटाको पारी पट्टि बाँदरको एक झुण्ड थियो, अनि बाटो वारी एकपट्टि वृद्ध–वृद्धाहरुको समुह । मलाई किन किन ती बाँदरहरुको नियति र यी वृद्ध–वृद्धाहरुको अवस्था उस्तै लागेर आयो । बाँदरको त्यो हुल भगवानको कारणले नभई, सहरमा बसेका मान्छेहरु सँग मेल नखाएका, धपाईएका, हेला गरिएका, जिस्काईएका र तिरस्कार गरीएका र शान्तिपुर्ण जीवनयापन गर्न नपाएर यता हानिएका हुन् । उनिहरुको मुल बासस्थल त मानिसद्धारा खोसिएको छ । वृद्ध–वृद्धाहरुको जीवन पनि मलाई त्यस्तै लाग्यो । उनिहरु पनि समाजबाट कुनै न कुनै रुपमा अपहेलित भएरै यहाँ आएको पाएँ । कसैलाई बुहारीले देखिनसक्ने, कसैलाई समाजले विधुवा भनेर हेला गर्ने अनि कसैलाई खान लाउन नै मुश्किल पर्ने ।

सबै आमाबाबुहरुले आफ्ना सन्तानलाई अथाह माया गर्छन् । आफ्ना सन्तानलाई केहि हुन्छ कि भनेर सँधै चिन्तित रहन्छन्, अनि तिनै सन्तानहरु ठूला भएपछि भने आ–आफ्नो बाटो लाग्छन् । आफ्ना बाबुआमा प्रतिको कर्तव्य भन्दा पनि उनिहरुका सपना धेरै महत्वपूर्ण बन्दै जान्छन् ।

यदि अध्यात्मले मात्रै यी वृद्ध–वृद्धाहरुलाई यहाँ तानेको भए, किन मात्रै वृद्ध–वृद्धा, सबै उमेरका मानिसलाई ईश्वरले आफु तर्फ तान्नु पर्ने हो नि, हैन र ? वास्तवमा वृद्ध–वृद्धाहरु यहाँ स्वर्गको आशमा हैन, समाज र आफ्नै घरबाट पाईने निराशाबाट मुक्त हुन आएका हुन् ।

हामी अहिले युवा अवस्थामा छौं, कतिको सायद विवाह पनि भईसकेको छ होला र ती मध्ये धेरैका छोराछोरी पनि होलान्, हामी पनि यिनै वृद्ध–वृद्धाहरुले जस्तै आफ्ना सन्तानलाई अथाह प्रेम गर्छौं... छोराछोरीको माया ।

आर्थिक उन्नति र प्रगतिमा हामी यति धेरै व्यस्त हुन्छौं कि आफ्ना बुवाआमालाई हामी बोझका रुपमा लिन थाल्दछौं । जति जति हाम्रो उन्नति हुँदै जान्छ, वहाँहरुको अर्ति उपदेश हाम्रा लागी किचकिच बन्दै जान्छ, वहाँहरुको उपस्थिति हाम्रालागि क्रमशः बोझ बन्दै जान्छ, अनि विस्तारै हामी आफ्नै हातले आफ्नै बुवाआमाका लागि वृद्धाआश्रमको ढोका खोल्दैजान्छौं ।

वृद्धाआश्रममा वृद्ध–वृद्धाहरुलाई खान बस्न र लाउन जे जस्तो समस्या परे या नपरेपनि वा मृत्युको प्रतिक्षामा बस्दा अनेक कठिनाईको सामाना गर्नुपर्ने वा नपर्ने भएपनि, वहाँहरुलाई यो सब भन्दा पनि बढि मायाको खाँचो भएको मैले पाएँ।

हाम्रालागी त देवघाट जस्ता तिर्थस्थल र वृद्धाआश्रमहरु एक किसिमको डम्पिंग साईट भएको छ । वृद्ध–वृद्धाहरुलाई पाखा लगाउने डम्पिंग साईट ।

अन्ततः मैले अनुभव गरें, देवघाट भगवानकै ठाउँ रहेछ तर त्यो अदृश्य भगवानको भने हैन, यीनै वृद्ध–वृद्धारुपी भगवानको देहवसान हुने ठाउँ । हामीलाई जन्माएर, हुर्काएर, योग्यबनाउने यी वृद्ध–वृद्धाहरुनै वास्वविक ईश्वर हुन् । हामी वास्तविक भगवानलाई पाखा लगाएर, खै कुन चाहिं भगवान मुर्तिमा खोजिरहेका छौं ।

एकदिन त सबैले बुढो हुनै पर्छ, त्यसपछि हाम्रो बाटो पनि सायद त्यहि आध्यत्म तिर नै त जान्छ होला । हाम्रा छोरा छोरीले पनि त यहि नै सिक्नेछन । एकदिन हाम्रा लागी पनि यो डम्पिंग साईटको ढोका खुल्ला हुनेछ । अखिर हामीले यहि नै सिकाई रहेका छौं आफ्ना सन्ततिलाई । यस्तै नै हुनेछ जब सम्म हामी आफैं उदाहरणीय बन्दैनौं ।

मलाई सबैले देवघाट गयो भने विरक्त भईन्छ भन्ने गरेका थिए, तर मैले जीवनलाई नयाँ रुपमा बुझ्न मौका पाएँ र मेरो लागि जीवन झनै सरल तर अनौठो भएको छ ।

सबैकुरा सरकारको मात्रै जिम्मा लाएर भएन, लौ अब आफैं पनि त केहि गरौं, र यसको सुरुवात आफ्नै घरबाट गरे राम्रो । विग्रिसकेको कुरालाई त सपार्न धेरै गाह्रो पर्ला तर नबिग्रेको कुरालाई चैं बचाऔं । भगवानलाई हैन आफ्ना बुवाआमालाई खुशी बनाऔं ।

खाना, बस्न मात्रै हैन, माया पनि बाँटौ ।

सबैलाई चेतना भया ।


The video presentaton below is a small effort to bring awareness, with a message "Let's care for our parents, let's not abandon them". Pictures are taken from various Internet sites.



Monday, January 16, 2012

अपाङ्गता भएका व्यक्तिहरुलाई सहुलियत दिने कुराका बारेमा...

परीवर्तनका_लागि_हामी_नेपाली_एक Team बाट मेरा सोचाईहरु सबै समक्ष राखिदिएकोमा म आभार व्यक्त गर्दछु . हामी अलि धेरै बोल्छौं र काम भने थोरै गर्छौं... तर जो मानिस जहाँ जे जस्तो भएपनि उसले कुनै न कुनै रुपमा आफ्नो समाज र देश प्रतिको जिम्मेवारी निर्वाह गर्ने पर्छ भन्ने मेरो सोच रहेको छ . म सायद धेरै गर्न न सकेपनि आफ्ना लेखबाट वा यात्रामा देखिएका कुराहरु सबै माझ राखेर सानै भए पनि प्रगतिशील र फरक विचारको परिवर्तन ल्याउन चाहन्छु ...सायद यसले हाम्रो समाजलाई कुनै न कुनै रुपमा सकारात्मक दिशा तर्फ डोराउला भन्ने मेरो आशा रहेको छ ...

मेरो यो सोच अपाङ्गता भएका व्यक्तिहरुलाई सहुलियत दिने कुराका बारेमा रहेको छ ... र यो सोच कुनै नौलो चै पक्कै हैन ....


देशको संबिधान वा ऐन कानुनमा जे लेखेको भएपनि पनि जब सम्म त्यसको सहि कार्वान्यन हुँदैन, अपाङ्गता भएका व्यक्तिहरुलाई सहुलियत दिने जस्ता नियम कानुनको प्रभावकारीता न्यूननै रहन्छ .

तर आखिर त्यसको प्रवाभकरिता किन न्यून भएको होला त ?

सरसर्ती हेरौं, हामी सपाङ्ग भनिने (म त अपाङ्ग लाई पनि सपाङ्ग नै भन्न रुचाऊछु ) मध्ये कति प्रतिशतलाई वास्तवमा अपाङ्गहरुलाई दिईने हक अधिकारको बारेमा थाहा छ ? अनि हाम्रा छर छिमेकमा रहेका अपाङ्गहरुलाई के हामी आफैले उचित सम्मान दिन सकेका छौँ त ? हामी संगै पढ्ने, खेल्ने अथवा हाम्रा फ्रेन्ड्स सर्कल, अफिस, आफन्तमा रहेका अपाङ्ग व्यक्ति हरुलाई हामी कस्तो नजर ले हेर्छौं ?


यहिँ नै लुकेको छ प्रवावकारितामा देखिएको कमिको सहि कारण . सरकार, गृह प्रशासन अथवा नियम कानुन बनाउनेहरुले सबै ठाउँमा त्यसको पालना भएको छ कि छैन भन्ने मुल्यांकन गर्ने जस्तो कुरामा त हाम्रो मुलुक अलि पछाडी नै छ तर त्यो भन्दा पनि महत्वपुर्ण कुरा भनेको हामी आफैले हाम्रा बिचमा रहेका अपाङ्गहरु प्रति हेर्ने दिष्ट्रीकोंड सहि बनाउनु छ ...

सरोकारवालाहरुको बाटो मात्रै नहेरी हामी जो अलि सचेत नागरिकहरु छौँ, हामीहरुको दायित्व भनेको सबैलाई यस्ता बिषयमा सचेत तुल्याउनु हो . यसको सुरुवात भनेको हामीले आफ्नै घरबाट गर्नुछ . आफ्ना छोरा छोरि, आफन्त समक्ष यस्ता विषयका बारेमा चर्चा गरौँ र सहि कुरा सिकाउँ, हाम्रो सानो प्रयासले पनि धेरै ठुलो परिवर्तन आउन सक्छ ...


देश निर्माण गर्ने काम हामी बाटै सुरु भएकै राम्रो .... कि कसो ?

Saturday, January 14, 2012

Inner thoughts....


I always love doing this. Collecting my thoughts.

I love Facebook, for it gives me enough opportunity to record my thoughts anywhere. I'm the harsh critic of my own art, and the closest fan too. The status I update in facebook are always my own words. I never compose. I transcribe whatever I feel in my heart. So basically, whatever I write, be it the on the facebook or on the blog, it always reflects my heart. Sometime, collections, like these, help me revist the real me when I get merged in virtual world.

It doesn't matter if the status I write are 'liked' or 'commented', or 'praised' or 'rejected', all it matters is I write, what I truly feel. Had there not been a facebook or a twitter, I would have no any means to record the speech of my heart.

If one has to track my thoughts and actions, facebook would be the right place. I love to posts my thoughts when I travel. It's not, by any means, an effort to update anyone, but my own habit to record any instant thought, inspiration, action or events that I love to record. I'm basically a traveller who's always online.

So, here it goes, revisiting my thoughts in December and Jan, so far, derived from my facebook posts.

..................................................................
Travelling makes me wander for insatiable demand of happiness; Study makes me grow for competitions ahead; Pain makes me more stronger; Happiness keeps me inspired; Failure teaches lessons; Difficulties conspire new opportunities.... ''m on the move along my path with colors ahead' ...
..................................................................


Oh! I tell you; when you would remember these days later, you would then realize, these are the golden moments of our life... no matter what, pain or happiness, this gonna end as blissful memory in the story of our lives.
..................................................................


So..is that making you feel lonely, then jump back to memories; see around, you will find someone there...who is waiting to hear from you..He wants you to be strong.. yes, stronger...This gonna be a memory too, and a reason for tomorrow's smile...You are never alone coz you are never apart.

..................................................................


In search of happiness, where would you consider travelling... is it in the outer world, or somewhere within...get out and see life is more than to breathe.... if you can't heal the pain, at least put a smile, it might worth a bliss for a wandering soul like me...
..................................................................


Few of my friends are already married, some are even on the way to school to see off their kids....many, are still enacting satisfaction working in their office; a few are still unknown why the heck they need to breathe... I'm a different kind, I'm still hitting the road, still trying my luck to step up and unlock the door... Their lives haven't ended with kids at school, neither have they found a...ny start at their office... For they know, what freedom means.. Freedom; wanna feel it at least once; before 'm chained by wives and kids... Wanna feel the nature before the office' AC would kill...I know beauty lies in my every breathe...'m still trying to step up, unlock the door and let myself unleash.
..................................................................          



Despite strong public voices against strikes, Bandh-mania continues... Nepali Congress; do they have right to ignore public? It's not about anyone killed, they are playing politics in the name of deceased.. Aren't there any creative ways to protest rather than shutting down the highways? This is not a complain, but an expression to address my own incapability to change the system. I know we all complain about political system in our country, but so far, we don't have enough guts to step out and change or repair the system, for various reasons; one of the reasons being the lack of responsibility for our country, other being the lack of freedom to carry out the responsibility.
..................................................................


So, finally Government bowed to the demands of Nepali Congress. The 'Eye-for-an-eye' clash in the Legal prison; among the legally accused criminals - attested by Political powers; can make it all possible in my country. Now, we would be proud to call the deceased as our great Martyr; keeping him on the same rank as we respect our Martyrs who fought for democracy. In the name of power, in the name of politics...my Nepal is leaving no stones unturned to march towards building an exemplary society- free from law and order, rules and regulations, and full powers to political parties. A salute to my country Nepal - land of infinite Martyrs..
..................................................................


Don't try to know about me by figuring out where I work..don't interpret my capabilities from the position I hold.. count my thoughts, my actions and the ability I hold .. Be aware, Facebook could display virtual realities about me; I could be different.
..................................................................


We've been believing that Santa fulfills everyone's wish; Santa, if you can, please bring warmth, affection and care for all the children at orphanages, streets and at corridors; for we already have Santa in our lives in the form of parents/relatives; they need you more than us... And, every year when we celebrate Christmas as a festival-in-fashion, they still shiver in cold, and in absence of love, they still can't see Santa coming their way... If you can, and if you are real. do bless them before hearing our wishes.... (FB post on Christmas eve)
..................................................................


Rays of hopes are much stronger than shadows of distress; if you can see across your darkness; I'm right here beside you; with light of smile, together we gonna get through...
..................................................................


Leaving the place where you worked for all these years always gifts you a mixed feeling of sadness and happiness. Sad, coz you were emotionally attached to every little things over there, and happy coz, u were emotionally attached to everything in such a way that your boundaries seemed limited, and now here's how you can expand your horizon. It's an opportunity that begins with a sweet sorrow.
..................................................................


End of a story unfolds another story... Stories; some ended on a sad note, some still hold possibility to unfold, some that I claimed was my story turned out to be someone else' property, and a few were even not good enough to recall as a story... With new year, I hope new stories gonna unfold, new twists, new turns.... I think I should attach ':)' to enhance the meaning of this status. ... : )
..................................................................


It's sometime amazing to follow the path untaken, to step into the shoes never worn, and to live a life unchained..it's sometime a risk, a sweet risk to put everything in stake; with uncertaintities everywhere sometime the struggle to survive itself becomes an inspiring journey...
..................................................................


Disliking the likes; unliking the dislikes; status: commenting; relationship status: blocked; marital status: reported sexual harrasement.... log out... (FB post @ Jan 2012,Pokhara: FB addiction)
..................................................................


Oh, how fast the good time passes, leaving behind the trails of wonderful memories...moment of happiness, the more you try to withhold, the more it slips away from your hands; not to make you cry but to make you walk towards a new reason to smile.
..................................................................


Sun is getting a little stronger as I'm approaching the Plains; with every miles ticking on speedometer the line of being an employee rather than a free-human is thickening, surprisingly, along with this strange sense of enthusiasm to man the new Radioroom... @Mungling, 30 kilo mikes away from WSB! 
..................................................................


Starting the day with news/updates of Nepal Bandh... in a country of infinite martyrs, I still demand to breathe free; still imprisoned in limitations, caged in by so-called protests, politically influenced highways, markets and people.
..................................................................


Heart doesn't understand how hard the realities are; Heart wants to feel; just goes with what it feels good... Mind stops the flow, warns, n fails the blow. A soulful song on my FM made me remember a dear fren of mine n the moment song stopped, we were still apart; physically, emotionally and in opposite directions to life.
..................................................................


I'm adding a simple funda to my life...live it!.. Lessen the expectation, lessen the pain; wanna see, feel, live and do whatever I feel to do before dying, coz u never know... I love bikerides, coz it gives me the feeling, I've conquered the destination. No looking up towards those who are better than me, no looking down who are more unlucky; 'm being with the moment I'm in. I wish to be there where comparisons and complains die; let the heart free....
..................................................................


My travelling, sometime reffered to as Hedonism, kindles resonance of strange happiness; my sort of abstruse freedom. Many repudiate this feeling of mine for they better accolade a strong resolution towards living a traditional life than a free spirited status of mind. Maverick; defines me. On my terms, please! Why don't I find myself friendly with cigarattes, drinks or drugs? for I don't like those, I think there needs no extra reason to justify my lack of indulgence. To try everything in life doesn't necessarily mean to give a try in everything, even in things you dislike, better go for what you revere most.
..................................................................


Ma'ama; this moment of fear, dilemma and uncertaintity; even when the world seems silent; I know you are still awake to bless me with strength to struggle. Help me grow Ma'ama, not taller but a better human...on your lap here I rest.
..................................................................


I don't understand how, sometime, time brings in moments of luck, even without seeking those, and later stays silent even praying hard for. Is it our incapability to appreciate the fortune or is it the insatiable need we feed in ourselves that we never stay in what we have?
..................................................................


चितवनको कठ्यांग्रिने चिसो; मेरो व्यस्ततालाई त तातो चिया र मौसमानुकिलित कोठाले साथ दिएको छ; तर म भाव्हिल हुन्छु चिसो मौसममा रमाउने धेरैको असमर्थता सम्झेर, ती सडकका बालबालिकाका पीडाहरु, छाप्रो नभएकाका बेदनाहरू; अनि चिसोकोकारणले एउटा गरिबको मृत्यु भएको समाचार, म भित्र प्रकितिप्रति आवेगको जन्म हुन्छ; म आन्दोलित छु शक्तिशाली कहलिएको अन्यायी 'भगवान' बिरुद्द
..................................................................


डा. साहेब लगायत धेरै साहेब भनिएकाहरु, तल्लो तहका अथवा भनौं कम कमाउनेहरुले,'दाई भनि बोलाउदा रिसाउने कुरो सुन्दा मलाई अचम्म लग्यो ; उहाँहरुलाई आदरगरेजस्तो देखाउन 'डा. साहेब' वा कममा पनि 'सर' त भन्नै पर्ने रहेछ ; समानताको चर्को नारा दियिने यो कार्यबेवास्थामा पनि यस्तो रिसाईलाई के भन्ने? संकीर्णता, जबर्जस्ती आदरणीय बन्ने कोशिस वा समानताको अवमुल्यन?

मेरो बिचारमा आदर त व्यवहारले कमायिनु पर्छ, अहोदा वा सम्पति वा योग्यताले हैन ....
..................................................................


वाह! क्या मिठो खाना खाएर आईय्यो ; बिसुद्ध नेपालीको लागि बनाइएको खाना !
'Boss is always right' मनोवृति रुपी भात सँग 'अरुको गल्ति मात्रै देखने परोपकारी आदत' रुपी दाल र आफ्नो logic चै सधै सहि , अरुको चै केहि न केहि जस्तो लाग्ने अचार र खै के को तरकारी मज्जै सित मुछेर खाईय्यो नि!.. खर्च कटौतीको लागि अलि नून कम हालिएको भएपनि , मिठै मानेर खाईय्यो; .. खानै पर्यो नि, हैन र! .. अलि अझै पनि के के त खाईया हो , तर अपच हुने डरले भन्न चै मनलागेन.. जे होस् , नेपालीको लागि बनाइएको खाना नेपाली कै हातबाट खाईय्यो ....
..................................................................


I am destined to be in you; still set far apart; but hey, there's nothing sad about it 'coz it's all about how differently we define the term 'love'...
..................................................................


नेपालको शासकीय प्रणाली कस्तो हुनु पर्छ ?
मेरो विचारमा जस्तो भएपनि हुन्छ, मात्र इमान्दारिता र उत्तरदायित्व भए पुग्छ ...
राजा इमान्दार भएका भए राजतन्त्रमा पनि कुनै खराबी थिएन, नेता भ्रस्ट हुनथालेपछि बहुदलीय प्रणालीको पनि केहि भर भएन ...
मलाई लाग्छ, आज देशमा संबिधान भन्दा पनि बढी एउटा युवा असल नेताको खाँचो छ .. म त त्यो युवा नेता हुन सकिन; तर देशले अझै आशा गरिरहेको छ नया अनुहारको आगमन, यो जिम्मेवारी बोध गर्ने पालो अब तपाईहरु को हो ...
 ..................................................................


         मलाई यति शक्ति देउ
म चिन्न सकु आफ्नै दोष

गाली गर्ने त धेरै होलान

म मार्न सकु आफ्नै रिस
..................................................................

A comment posted about Loadshedding in Nepal and the protest

अब यसको समाधान चै के हो नि.. लोडसेडिंग को कारण, उपकारण, बाध्यता, रहर सबै हामीलाई थाहा छ भने, अब यसको समाधानको बारेमा पनि त केहि सोच्नै पर्यो हैन र; हामी विज्ञ हैन तर राजनीति, अर्थतन्त्र र बिज्ञान सबै बुझे जस्तो गरेर सरकारले गरेको हरेक निर्ण...यको बिरोध गर्ने हाम्रो शैली भने कुनै विज्ञ भन्दा कम छैन ...

हो मेरो फरक मत छ यस सम्बन्धमा .... अहिलेको समय भनेको नेताहरुलाई देश जिम्मा लाएर तिनीहरुलाई गाली मात्रै गर्ने हैन, बरु आफुले पनि त केहि गर्नु पर्यो, तर के चै गर्ने, मात्रै दोषारोपण?

जनयुद्धको नाममा, हामीलेनै कतिपय जलबिद्युत आयोजना नस्ट गरेकै हो ...चाहे त्यो माओबादीले नै किन नगरेकाहुन्, तिनीहरु पनि हामी भित्रैका हुन्, बिरोधको नाममा आफ्नै सम्पति नस्ट गर्ने ... अब अर्को जलबिद्युत आयोजना बन्न कम्तिमा पनि १० बर्ष लाग्छ... त्यति बेला सम्म त लोडसेडिंगबाट छुटकारा पाउने आशा नगरेकै बेश ....
कहिले कहिँ धेरै Expect गर्यो भने पनि धेरै Pain हुन्छ...
भारतबाट निर्यात गरिएको महँगो बिद्युत उपयोग गर्दा, देशलाई कति घाटा पर्छ, त्यो त हामीले हेक्का राखेकै छैनौ, कि कसो ...
नेताहरु भ्रस्ट छन्, जनता केहि न गर्ने सक्ने छन्, सक्छन त केवल बिरोध गर्न आफ्नै घर भत्काएर...अनि यहि बीचमा देश रुम्मली रहेको छ ...
हुन त सानो निहुँमा देशै बन्द गर्ने हाम्रो यो सोच प्रगतिशिल नै छ ...सायद ..
..................................................................


म सरकारको अन्ध-भक्त हैन, म सरकारको अन्ध-बिरोधि पनि हैन, बिरोधि नै भन्नु परे मलाई अन्ध-बिरोधको बिरोधि चै भने हुन्छ ....
म न त कुनै राजनैतिक दलको कार्यकर्ता हुँ, न नै हुन चाहन्छु . म त स्वचछन्द हिंड्ने, राजनीति बुझ्न न चाहने, हड्ताल, जुलुस, नारा, बन्दबाट वाक्क भएका जनता मध्येको एक सर्वसाधारण नेपाली हुँ .
मेरो खोल ओढेर आन्दोलन, हड्ताल, ,बन्द गरिन्छ, म त्यहि आन्दोलनको पिराइमा परेको, लोकतन्त्रको लोक हुँ ... म नेपाली मध्येको पनि वास्तविक नेपाली जनता हुँ...